२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


तालिवान सरकारलाई मान्यता दिन पाकिस्तानले राख्यो सर्त


0
Shares

एजेन्सी । अफगानिस्तानको तालिवान सरकारलाई मान्यता दिन पाकिस्तानले केही सर्त अघि सारेको छ ।

बेलायती समाचार संस्था बीबीसीसँगको अन्तर्वार्तामा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानमाथि केही सर्त तेर्स्याएका हुन् ।

तालिवान सरकारले छिमेकी मुलुकहरुको विश्वाश जित्दै मान्यता पाउने हो भने अफगानिस्तानमा लैगीक, जातिय एवं धार्मिक समावेशीता अंगिकार गर्नुपर्ने खानको सर्त छ ।

यसैगरी उहाँले महिलाहरुलाई पुरुषसँगै सहशिक्षाबाट अलग गरिएको घटनामा पनि तालिवानको आलोचना गरेका छन् । महिलाहरुलाई शिक्षाबाट बन्चित गरिनु गैर इस्लामिक भएको खानको प्रतिक्रिया छ ।

पाकिस्तानी प्रधानमन्त्री खानले तालीवानलाई मानव अधिकारको संरक्षण गर्न र देशका सुधारका प्रयासहरु थाल्न पनि आग्रह गरेका छन् । अफगानिस्तानलाई आधार बनाएर पाकिस्तानमाथि आतंकबाद हावी नहोस भन्ने खानको चाहना छ ।