
काठमाडौं । कपनमा ढलमा खसेका एक बालक बेपत्ता भएका छन् । बेपत्ता बालकको पहिचान खुल्न सकेको छैन ।
बूढानिलकण्ठ नगरपालिका–१० र काठमाडौं महानगरपालिका–६ को सिमानामा रहेको तरकारी बजार नजिकैको ढलमा खसेर मंगदबार बेलुकी बालक बेपत्ता भएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी प्रभाग कपनका प्रहरी निरीक्षक भगवती तिमल्सिनाले बालकको खोजी भइरहेको जानकारी दिनुभयो ।
स्थानीयवासी र प्रहरीले बेपत्ता बालकको खोजी गरिरहेका छन् । बर्षाका कारण जलम्ग्न हुने सडकमा यातायात समेत अवरुद्ध हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्