
काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्काले आफ्नो कार्यकालमा भारत र चीनसँगको सम्बन्ध अत्यन्तै सन्तुलित हुने बताउनुभएको छ ।
बुधबार अपरान्ह सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेर पदभार ग्रहण गर्नुभएका परराष्ट्रमन्त्री खड्काले सञ्चारकर्मीहरूमाझ छिमेकी दुई मुलुक भारत र चीनबीचको सम्बन्ध अन्यन्तै सुमधुर, घनिष्ठ, मैत्रीपूर्ण र सन्तुलित हुने बताउनुभयो ।
\मन्त्री खड्काले परराष्ट्र नीति कुनै दल विशेषको नहुने उल्लेख गर्दै राष्ट्रिय सहमतिका साथ अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्र सम्बन्धलाई अघि बढाउने काममा आफू केन्द्रित भएर लाग्ने उहाँको प्रतिवद्धता छ ।
खड्काले एमसीसीलगायतका जल्दाबल्दा समस्या समाधानका लागि राष्ट्रिय सहमति कायम गर्दै त्यसका तथ्यगत र मिथ्यागत कुरालाई ध्यानमा दिएर राष्ट्रिय हित अनुकूलका कामलाई मात्रै अघि बढाउने पनि स्पष्ट पार्नुभयो ।
नवनियुक्त परराष्ट्रमन्त्री खड्काले संयुक्त राष्ट्र संघको महासभामा एमसीसीबारे छलफल नहुने पनि स्पष्ट पार्नुभयो । उहाँले त्यस अवसरमा विश्वको विभिन्न देशका परराष्ट्रमन्त्रीहरूसँग द्धिपक्षीय हितका विषयमा छलफल हुने बताउनुभयो ।
नवनियुक्त परराष्ट्रमन्त्री खड्काले आफू संयुक्त राष्ट्र संघको महासभाको बैठकमा भाग लिएर आएपछि विभिन्न देशमा राजदुत नियुक्तिको प्रक्रिया अघि बढाउने जानकारी समेत दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्