
एजेन्सी । सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै दिल्ली क्यापिटल्स ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वेन्टी क्रिकेटको शिर्ष स्थानमा उक्लिएको छ ।
युएईको दुबईमा गएराति भएको खेलमा हैदरावादले दिएको १ सय ३५ रनको लक्ष्य दिल्लीले १७ ओभर ५ बलमा २ विकेट गुमाएर पूरा ग¥यो ।
दिल्लीको जितमा श्रेयस आयरले अविजित ४७ रन तथा शिखर धवनले ४२ रन बनाए । हैदरावादका खलिल अहमद र राशिद खानले १÷१ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३४ रन जोडेको थियो । उसका लागि अब्दुल समादले २८ रन जोड्दा राशिद खानले २२ रन बनाए ।
दिल्लीका कागिसो राबडाले ३ विकेट लिए । जितसँगै दिल्ली लिगको शीर्ष स्थानमा उक्लिएको छ । उसको ९ खेलबाट १४ अंक भएको छ । एक खेल कम खेलेको चेन्नाई १२ अंकसहित दोस्रो स्थानमा झरेको छ ।
पराजित टोली हैदरावाद भने ८ खेलबाट २ अंक मात्रै जोड्दै तालिकाको पुछारमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्