१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


स्वदेश फर्कियो राष्ट्रिय महिला फुटबल टोली


0
Shares

काठमाडौं । एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि उज्वेकिस्तान गएको नेपाली राष्ट्रिय महिला फुटबल टोली स्वदेश फर्किएका छन् ।

बिहीबार बिहान स्वदेश फर्किएका टोलीलाई अखिल अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीले स्वागत गरे । छनोटका लागि समूह ‘एफ’मा परेको नेपाल नेपाल समूह चरणबाट बाहिरिएको थियो ।

दोस्रो खेलमा मंगलबार हङकङसँग गोलरहित बराबरीमा रोकिएपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो । पहिलो खेलमा नेपाल फिलिपिन्ससँग २–१ गोल अन्तरले पराजित भएको थियो ।