२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


पाँच सयले घट्यो सुनको मूल्य


0
Shares

gold

काठमाडौं । कारोबार हुने साताको पाँचौं दिन सुनको मूल्यमा तोलामा ५ सय रुपैयाँले कमी आएको छ ।

बुधबार तोलामा १४ सयले बढेको सुनको मूल्य बिहीबार तोलामा ५ सय रुपैयाँ घटेर ८९ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार तोलामा ९० हजार १ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

यस्तै बिहीबार चाँदीको मूल्यमा पनि तोलामा १० रुपैयाँले कमी आएको छ । बुधबार ११ सय ६५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी बिहीबार ११ सय ५५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंन्स १७ सय ६४ डलर र चाँदी २२ डलर प्रतिऔन्समा कारोबार भइरहेको छ ।