
सर्लाही । प्रत्येक वर्ष सरकारले धानको समर्थन मुल्य तोके पनि किसानले भने भाउ पाउन सकेका छैनन् । यस वर्ष समेत सरकारले गत भदौ २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले धानको समर्थन मूल्य तोकेको कृषि तथा पशुपंन्छी विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार चालु आर्थिक वर्षका लागि मोटा धानको प्रतिक्विन्टल मूल्य रु दुई हजार ७५२ र मध्यम किसिमको धानको मूल्य रु दुई हजार ९०२ तोकिएको हो ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाश सञ्जेलका अनुसार गत वर्षको तुलनामा यस वर्ष प्रतिक्विन्टल रु १७ ले बढी हो । गत वर्ष असारे धान लगाउनुपूर्व नै सरकारले धानको सर्मथन मूल्य तोकेको थियो ।
गत वर्ष मोटा धान प्रतिक्विन्टल रु दुई हजार ७३५ र मध्यम धानको मूल्य रु दुई हजार ८८५ तोकिएको थियो ।
यसरी सरकारले प्रत्येक वर्ष समर्थन मूल्य तोक्ने गरेको भए पनि किसानले भने व्यवसायीले मनोमानी मूल्यमा धान बेच्न बाध्ए भएका छन ।
यस वर्ष मोटा धानको प्रतिक्विन्टल मूल्य रु दुई हजार ७५२ तोकेको भए पनि किसानले भने अहिले दुई हजार दुई सय देखि चार सय सम्मा बिक्री गरिरहनु परेको छ ।
नेपालको बजार भारतको बजारले निधारण गर्ने भएकाले नेपालमा भारतको मूल्यले असर पार्ने व्यवसायी बताउने र्गदछन । भने नेपालमा उत्पादित धानले मात्र यहाँको चामल मिललाइ धान नपुग्ने भएकाले समेत भारतको बजारले असर पर्ने जानकारहरु बताउँछन् ।
भारत बाट चामल तथा धान दुबै आउने हुँदा यसको मूल्य समेत त्यसकै आधारमा तोकिने गरेको हो ।
प्रतिक्रिया दिनुहोस्