
फाइल तस्वीर ।
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनको मूल्य घट्यो ।
सुनको मुल्यमा आज ६ सयले कमी आई छापावाल सुन तोलामा ८९ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो सुन तोलामा ८९ हजार ६ सयमा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेको छ ।
स्थानीय बजारमा आज चाँदीको मूल्य प्रतितोला ११ सय ६० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा यतिबेला सुन प्रतिऔंन्स ११ सय ५५ र चाँदी २२ डलर हाराहारीमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्