
काठमाडौँ । द ब्रिटिस कलेज(टीबीसी)ले लुम्बिनी प्रदेशको बुटवलस्थित नमस्ते एकेडेमी, रुपन्देहीको व्यवस्थापन थालेको छ । प्रतिष्ठित ब्रिटिस एक्रिडेसन काउन्सिलको मान्यता प्राप्त ब्रिटिस कलेजले आधिकारिक रूपमा नमस्तेको व्यवस्थापन थालेको हो ।
टीबीसीको व्यवस्थापनमा आएसँगै नमस्ते एकेडेमीलाई पश्चिम नेपालको अग्रणी शैक्षिक संस्थामध्यको एक बनाउनको लागि परिवर्तनहरू थालिएको कलेज प्रशासनले जनाएको छ । विश्व स्तरीय शिक्षा प्रदान गर्न नमस्तेमा व्यवस्थापनसँगै अत्याधुनिक पूर्वाधारहरूमा पनि जोड दिइनेछ ।
लामो समयदेखि ब्रिटिस कलेजको सल्लाहकार समितिमा रहेका पाउल क्ल्भ्सि एमबीईलाई नमस्तेको विद्यालय व्यवस्थापन समितिको उपाध्यक्षको जिम्मेवारी दिइएको छ । शैक्षिक क्षेत्रमा निकै उपलब्धि हाँसिल गरेका क्ल्भिससँग बेलायतका प्रतिष्ठित विश्वविद्यालयहरूमा काम गरेको अनुभव छ ।
त्यस्तै, विद्यालयको एक्जिक्युटिभ प्रिन्सिपलमा मार्क बार्थोलोमेउलाई नियुक्त गरिएको छ । शैक्षिक व्यवस्थापनमा दख्खल बार्थोलोमउ बेलायती नागरिक हुन् । बेलायतमा धेरै शैक्षिक परियोजनाहरूको नेतृत्व गरेका उनीसँग ब्रिटिस काउन्सिल तथा विश्वको प्रतिष्ठित विश्वविद्यालय क्याम्ब्रिजमा काम गरेको ३० वर्षको अनुभव छ ।
ब्रिटिस एजुकेशन ग्रुपले नेपालमा ब्रिटिस कलेज तथा मदरल्याण्ड स्कुल तथा दुबई र बेलायतमा पनि शैक्षिक संस्थाहरू सञ्चालनमा ल्याएको छ । साथै, यस समूहले शिक्षा क्षेत्रमा थप विस्तार गर्ने योजना अगाडि सारेर अघि बढिरहेको छ । यसै समूहका सदस्य अरुण कँडेल विद्यालय विभागका प्रमुख रहेका छन् ।
व्यवस्थापन थालेसँगै नमस्ते एकेडेमी ब्रिटिस एजुकेशन ग्रुपको एक हिस्सा बनेको कलेजले जनाएको छ । ब्रिटिस एजुकेशन ग्रुपका संस्थापक तथा कार्यकारी निर्देशक राजन कँडेलले थप अनुभवी व्यक्तिहरु नमस्तेमा आबद्ध भएकोले यसको गुणस्तर वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्