
काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकले विधान राष्ट्रिय महाधिवेशनमा पेश गरिने तीन प्रतिवेदन मस्यौदामाथि छलफल गर्न १० समूह निर्माण गरेको छ ।
शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटी बैठकले विधान राष्ट्रिय महाधिवेशनमा पेश गरिने तीन प्रतिवेदनमाथि छलफल गर्न १० वटा समूह निर्माण गरेको हो ।
बैठकपछि पार्टीका प्रचार विभाग प्रमसख योगेशकुमार भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको बैठकमा प्रस्तुत भएका तीन प्रतिवेदन (राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव सम्बन्धी मस्यौदा, विधान संसोधन सम्बन्धी प्रस्ताव) सहित सुझावहरु केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरिएको बताउनुभयो ।
भट्टराईले प्रतिवेदनमाथि छलफल गर्नका लागि १० वटा विभिन्न समूहमध्ये ७ वटा प्रदेशस्तरीय भौगोलिक समूह, जनसंगठनलाई हेर्न पार्टीका इन्चार्जहरूको एक समूह, विभागीय प्रमुखहरूको समूह र प्रदेशमा सम्पर्क कमिटीहरू, उपत्यका विशेष कमिटीहरूलगायतका समूहलाई हेर्न अर्को समूह निर्माण गरेको बताउनुभयो ।
विभाग प्रमुख भट्टराईले प्रतिवेदनमाथि विभिन्न समूहहरूले शनिबार १ बजेसम्म अध्ययन गर्ने र १ बजे बस्ने केन्द्रीय कमिटीको बैठकमा आफ्ना सुझाव राख्ने बताउनुभयो । सुझावपछि प्रतिवेदन दस्तावेजहरूलाई परिमार्जन गरेर असोज १५ गते आयोजना हुने विधान राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्ने जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्