
काठमाडौं । अन्नपूर्ण पदमार्गमा छिटफुट पर्यटक भित्रन थालेका छन् । निषेधाज्ञाका कारण बन्द उक्त पदमार्ग पर्यटक आवागमनका लागि हालै मात्र खुला गरिएपछि पर्यटक आवागमन हुन थालेको हो ।
मनाङ र मुस्ताङ जिल्लाले पर्यटक आवागमनका लागि खुला गरेपछि अहिले छिटफुट विदेशी पर्यटक भित्रिएका हुन् । स्थानीय बासिन्दा र कर्मचारी बाहेकलाई ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ रिपोर्ट वा खोप लगाएको कार्ड अनिवार्य गराएर मात्र पदमार्गमा प्रवेश दिईएको छ ।
सन् २०१८ मा २९ हजार ४ सय ८४ जना पर्यटक भित्रिएका थिए । त्यस्तै २०१९ मा २६ हजार ६ सय ४७ जना पर्यटक अन्नपूर्ण बेसक्याम्पमा पुगेका थिए सन् २०१९ को डिसेम्बर अन्तिमतिर कोरोना संक्रमण सुरु भएपछि नेपाल भित्रने पर्यटकको संख्या घटेको थियो ।
त्यस्तै कोरोना संक्रमण फैलिएपछि सन् २०२० मा १ हजार ९ सय ७६ जना मात्र विदेशी पर्यटक चक्रिय अन्नपूर्ण पदमार्गमा भित्रिएका थिए ।
प्रतिक्रिया दिनुहोस्