
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसको आजबाट सुरु हुन गइरहेको गाउँपालिकारनगरपालिकाका अधिवेशनको पूर्ण सफलताको शुभकामना गर्नु भएको छ ।
नेता सिंहले शुभकामना दिदै पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई मित्रवत रूपमा अघि बढाउन अपिल समेत गर्नु भएको छ । पार्टी रुपान्तरणका लागि नेतृत्व परिवर्तन पनि महत्त्वपूर्ण भएकाले स्थानीय तहबाटै यसको सुरुवात हुन जरुरी रहेको उहाँकाे भनाइ छ ।
उहाँले नेता छनोटमा विशेष ध्यान दिई पार्टीलाई संस्थागत रुपमा अगाडि बढाउन सक्ने, जनतामाझ भिज्न सक्ने, नागरिकमा केही गर्छ भन्ने विश्वास जगाउन सक्ने, भिजन सहितको नेतृत्व चयन गर्नु अपिल गर्नु भएको छ ।
निर्धारित मितिमै महाधिवेशन सम्पन्न गर्नुको अर्को विकल्प छैन उहाँले भन्नुभयो सबैले आ(आफ्नो ठाउँबाट महाधिवेशन सुनिश्चितताका लागि इमान्दार प्रयास गरौं ।
प्रतिक्रिया दिनुहोस्