
फाइल तस्वीर
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिबारदेखि सुरु भएको नगर र गाउँपालिका अधिवेशनको प्रक्रियामा सहभागीलाई शुभकामना दिनुभएको छ ।
वडा अधिवेशन सम्पन्न भएका ६४ जिल्लामा शनिबारबाट कांग्रेसले पालिकामा सुरु गरेको छ । प्रधानमन्त्री समेत रहनुभएका देउवाले कोभिड–१९ को महामारीको समयमा स्वास्थ्य मापदण्डको पालना गरी अधिवेशनमा सहभागी हुन आग्रह गर्नुभयो ।
जनताको मन जित्नेगरी नगर र गाउँपालिकामा आफ्नो भूमिकालाई प्रभावकारी बनाउन सफल हुनेसमेत उहाँले विश्वास व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्