
काठमाडौं । धनुषाको ढल्केवर जटही सडक खण्ड अन्तर्गत मिथिला नगरपालिका र क्षिरेश्वरनाथ नगरपालिकाको बीचमा पर्ने औरही नदीमा निर्धारित समयभन्दा अघि नै पुल निर्माण सकिएको छ ।
रसुवा निर्माण कम्पनीले तोकिएको समयभन्दा सात महिना अगाडी नै तीन वटा पुल निर्माण गरी सरकारलाई हस्तान्तरण गरेको हो । ठेक्का सम्झौता अवधिमा काम सम्पन्न नगर्ने परिपाटी बढिरहेका बेला धनुषाको औरही खोलामा रसुवा कन्स्ट्रक्सनले समयावधि अघि नै पुल निर्माण सकेको हो ।
सरकारसँग भएको सम्झौता अनुसार २०७८ चैत्र मसान्तमा तीन वटै पुल हस्तान्तरण गर्नुपर्ने भए पनि काम सम्पन्न हुनुपर्ने मिति भन्दा सात महिना अगाडि नै ७७ करोड २७ लाख रुपैयाँको लागतमा पुल निर्माणको काम सम्पन्न भएको हो ।
नेपाल सरकार र रसुवा कन्स्ट्रक्सनबीच २०७६ असोज ३० गते सम्झौता भइ मंसिरदेखि काम सुरु भएका तीन वटै पुल सवारी साधनका लागि खुला गरिएको छ । औरही खोलामा निर्माण सम्पन्न तीन वटा पुलमध्ये दुई वटा पुल ६ लेन सडकका लागि हुन् भने एउटा पुललाई सर्विस लेनको रूपमा प्रयोग हुने कन्स्ट्रकक्सनका इन्जिनियर धिरेन्द्र साहनीले बताउनुभयो ।
यसअघि पनि दर्जनौं स्थानमा रसुवा कन्स्ट्रक्सनले ठेक्का सम्झौता अवधिभन्दा अगावै निर्माण सम्पन्न गरि सरकारलाई आयोजना हस्तान्तरण गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्