
कञ्चनपुर । मन्दिरमा चढाएका घण्टी चोरेर बेचेको भन्दै प्रहरीले महेन्द्रनगरको एक भाँडा पसलमा छापा मारेको छ ।
मन्दिरका घण्टीमा लेखिएका नामहरू मेटेर बेच्न राखेकोे भेटिएपछि प्रहरीले महेन्द्रनगर गल्ली नम्बर १ मा रहेको ठकुराठी ब्रदर्शमा छापा मारेको हो ।
प्रदेश प्रहरी र जिल्ला प्रहरीको टोलीले छापा मार्दा गोदाममा लुकाएर राखिएको अवस्थामा अवैध घण्टीहरू भेटिएका छन् । भेटिएका अधिकांश घण्टीमा व्यक्ति र मन्दिरका नाम लेखेको भेटिएको छ ।
भाँडा पसलको गोदामबाट सानो र ठूलो गरी ६ क्वीन्टल ६१ किलो बराबर घण्टीहरू फेला परेका छन् ।
ठकुराठी ब्रदर्शले भने मन्दिर व्यवस्थापन समितिले हरेक वर्ष घण्टीहरू बेच्ने गरेको र आफूहरूले सिद्धबाबा मन्दिरबाट घण्टी खरिद गर्ने गरेको बताएको छ ।
प्रतिक्रिया दिनुहोस्