१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


जनगणनामा हेमोफिलिया भएका व्यक्तिको वास्तविक तथ्याङ्क समेट्न माग


0
Shares

काठमाडौं । जनगणनाबाट देशभर हेमोफिलिया भएका व्यक्तिको वास्तविक तथ्याङ्क समेट्न हिमोफिलिया सोसाइटी नेपालले माग गरेको छ ।

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राष्ट्रिय जनगणना २०७८ मा पहिलोपटक हिमोफिलिया भएका व्यक्तिहरूको पनि गणना हुने भएकाले गणनामा वास्तविक तथ्याङ्क समेट्न माग गरेको हो ।

सोसाइटीका महासचिव दिपक न्यौपानेले हिमोफिलिया भएका व्यक्तिहरू अपाङ्गताको ऐनभित्र परेको र अपांगता भएकाको सूचीको दशौं नम्बरमा रहेको उल्लेख गर्दै गणकलाई सही विवरण दिन अनुरोध गर्नुभयो ।

हिमोफिलियामा अनुवंशीय असरका कारण रगतमा हुने फ्याक्टर कम भई रगत जम्ने र रक्तस्राव हुने गर्दछ । यस्तो अवस्थामा रक्तस्राव रोक्न प्लाज्मा वा एन्टिहेमोफिलिक फ्याक्टर नै उपलब्ध गराउनुपर्ने चिकित्सकहरूले बताउने गरेका छन् ।