
एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड लियोनल मेस्सीले फ्रेन्च लिग वान अन्तर्गत मोन्टपेलियर विरुद्धको खेल गुमाउने भएका छन् ।
चोटको कारण मेस्सीले मोन्टपेलियरविरुद्धको खेल गुमाउने भएका हुन् । पीएसजीले मेस्सीको घुँडामा समस्या देखिएको जनाएको छ । पीएसजीले शनिबार राति मोन्टपेलियरविरुद्ध खेल्दैछ ।
यसअघि मेस्सीले मेट्जविरुद्धको खेल पनि गुमाएका थिए । यस्तै, मेस्सीले गत आइतबार लियोनविरुद्धको खेलमा पनि पूरा समय खेल्न पाएका थिएनन् ।
प्रतिक्रिया दिनुहोस्