२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


अफगानिस्तानका शहरका चार चोकमा चार व्यक्तिका शव झुन्ड्याइयो


26
Shares

एजेन्सी । पश्चिमी अफगानिस्तानको हेरात शहरको चारवटा चोकमा चार व्यक्तिको शव झुन्डाइएको अवस्थामा भेटिएका छन् ।

तालिवानले ती चार व्यक्तिलाई अपहरणको आरोपमा गिरफ्तार गरेको बीबीसीको फारसी सेवाले जनाएको छ । उनीहरूलाई सुरुमा गोली हानेर मारेपछि अलग–अलग चोकमा झुन्डाइएको समाचारमा उल्लेख छ ।

तालिवानी अधिकारीले यो घटनाको अहिलेसम्म आधिकारिक रूपमा जिम्मेवारी लिएका छैनन् । हेरात शहरको ती दृश्यहरू सामाजिक सञ्जालमार्फत् संसारभर फैलिएका छन् ।

तालीवानी नेता मुल्लाह नुरुद्धिन तुरावीले यसै हप्ता सार्वजनिक रुपमै शरीरको अंग काट्ने जस्ता सजाय दिनसक्ने बताएका थिए ।