३१ चैत्र २०८१, आइतबार | Sun Apr 13 2025


चार वर्षका लागि गोल्डेन अर्थ सहकारीको नेतृत्व चयन


13
Shares

काठमाडौं । तारकेश्वर नगरपालिका–११ नेपालटारमा कार्यालय रहेको गोल्डेन अर्थ बचत तथा ऋण सहकारी संस्थामा आगामी ४ बर्षको लागि नेतृत्व चयन भएको छ ।

शनिबार सम्पन्न १२ औं साधारण सभाले कविन्द्र रिमालको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति तथा रामसिं तामाङ संयोजकत्वमा तीन सदस्यीय लेखा समिति चयन गरेको हो ।

सञ्चालक समितिको उपाध्यक्षमा सन्तोष ढुङ्गाना र सदस्यहरूमा प्रकाश भण्डारी, कृष्णप्रसाद ढुङ्गाना, मधुसुदन लोहनी र श्री प्रसाद रिमाल रहेका छ्न । निर्विरोध निर्वाचित अन्य सदस्यहरूमा महेश्वर थापा क्षेत्री, धुर्व पौडेल र ठाकुरप्रसाद ढकाल रहेका छन् ।

भेलाले लेखा समितिका सदस्यहरूमा पुरुषोत्तम रिजाल र राजकुमार भण्डारीलाई चयन गरेको छ ।

कार्यक्रममा दुई उत्कृष्ट कर्मचारी, चार ज्येष्ठ सेयर सदस्य, दुई उत्कृष्ट सदस्य र यसवर्ष एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याएका सेयर सदस्यका छ सन्तानलाई पनि सम्मान गरिएको थियो ।

आर्थिक वर्ष २०७७/०७८ सम्म संस्थाको पुँजी १० करोड ९९ लाख ६ हजार २ सय ६ रुपैयाँँ पुगेको सभामा जानकारी दिइयो ।