
काठमाडौं । संघीय संसद, प्रतिनिधि सभा विकास तथा प्रविधि समितिको बैठक आज बस्दैछ । बिहान ११ बजे विकास तथा प्रविधि समितिको सभाकक्षमा बैठक बस्न लागेको हो ।
बैठकमा चालु आर्थिक वर्षमा सञ्चालन हुने आयोजनाहरु, चाडपर्वको समयमा यात्रुहरुलाई सार्वजनिक यातायात सेवा सहज बनाउने विषयमा छलफल हुने बताइएको छ ।
यस्तै, शिक्षा तथा स्वास्थ्य समितिको बैठक पनि आज बस्दैछ । ११ बजे बस्ने बैठकमा चीन र जापानमा अध्ययनरत र अध्ययन गर्न जाने प्रक्रृयमा रहेका नेपाली विद्यार्थीहरुको समस्या र चिकित्सा शिक्षासँग सम्बन्धित कर्मचारीहरुको छोराछोरी र स्थानीयवासीले पाउने आरक्षणका सम्बन्धमा छलफल हुनेछ ।
यस्तै उद्योग तथा वाणिज्य र उपभोक्ता हित समितिको बैठकपनि आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा वैदेशिक रोजगारी सम्बन्धी समसामयिक विषयमा छलफल हुनेछ ।
यता, अर्थ समितिको बैठक पनि आज बस्दैछ । काठमाडौं विश्वविद्यालय, स्कुल अफ ल द्धारा प्रदेश र स्थानीय कर सम्बन्धमा गरिएको अध्ययन सम्बन्धी प्रस्तुतीकरणका विषयमा छलफल गर्न समितिको बैठक ११ बजे बस्न लागेको हो ।
यस्तै, महिला तथा बालबालिका समितकिो आज बस्ने बैठकमा नेपालमा लैगिंक हिंसा निवारण तथा लैंगित समानता सम्बन्धी कोषहरुो प्रभावकारिता सम्बन्धमा छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस्