
डम्मर बुढा मगर,
बागलुङ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट बागलुङका पाँच पालिकामा नेतृत्व चयन गरिएको छ । अन्य ५ पालिकामा भने आइतबार हुने छ ।
जिल्लाको निसीखोला गाउँपालिका, तमानखोला गाउँपालका, ताराखोला गाउँपालिका, काठेखोला गाउँपालका र ढोरपाटन नगरपालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ भने ढोरपाटन नगरपालिकामा निर्वाचन मार्फत नेतृत्व चयन भएको छ ।
सबै पालिकामा सर्वसम्मतिमै नेतृत्व टुङ्याउने कोसिस भए पनि जैमिनी नगरपालिका, बागलुङ नगरपालिका, गलकोट नगरपालिका, बडिगाड गाउँपालिका र बरेङ गाउँपालिकामा अझै नेतृत्वको टुङ्गो लागेको छैन । केही पालिकामा आइतबार पनि समहतिको प्रयास भई रहेका छन् भने केही पालिकामा भने निर्वाचन हुने पक्का पक्की जस्तै भएको छ । जिल्लाको बागलुङ नगरपालिका र जैमिनी नगर पालिकामा निर्वाचन नै हुने बताइएको छ ।
ढोरपाटन नगरपालिका
कांग्रेको १४ औँ महाधिवेशनबाट ढोरपाटन नगरपालिकाको सभापतिमा धनबहादुर कायत ‘कल्याण’ निर्वाचित हुनु भएको छ । शनिबार भएको अधिवेशनमा नेतृत्वका लागि सहमति जुटाउने प्रसाय भएको थियो ।
सहमतिबाट नेतृत्व चयन हुन नसकेपछि निर्वाचन मार्फत नेतृत्व चयन भएको चयन गरिएको निर्वाचन अधिकृत हिरालाल पौडेलले जानकारी दिनुभयो । संस्थापन र संस्थापन इतर पक्ष बीच निर्वाचन भएको थियो ।
सभापतिका लागि संस्थापन इतर पक्षबाट कायत र संस्थापन पक्षबाट दीपक कुमार अदैले उम्मेद्वारी दिएका थिए । १५१ मतदाता रहेकोमा १४४ मत खसेको थियो ।
सभापतिमा कायतले ८६ र अदैले ५२ मत प्राप्त गरेका थिए । कायतले अदैलाई ३४ मतले पराजित गरेका थिए । उपसभापतिमा कृष्ण केसी, रमेश गौतम (गणेश), सचिवमा टिकाराम पाण्डे र दिपेन्द्र विक निर्वाचित भएका छन् । सह–सचिवमा अजित कुँवर क्षत्री र विरेन्द्र बुढाथोकी सर्वसम्मतिमा चयन भएका छन् ।
निसीखोला गाउँपालिका
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट निसीखोला गाउँपालिकामा सर्वसम्मत रुपमा सूर्यबहादुर घर्तीको नेतृत्वमा चयन भएको छ । सभापतिमा सूर्यबहादुर घर्ती, उपसभापतिमा लिलबहादुर कुँवर र धनबहादुर रोका, सचिवमा राजमन बुढा, धनबहादुर टखत्री र सह–सचिव मिलन कामी र केरबहादुर विक चयन हुनु भएको निर्वाचन अधिकृत प्रेमबहादुर रोकाले जानकारी दिनुभयो ।
घर्तीसहित दुई जनाले सभापतिमा आकांक्षा व्यक्त गरेका थिए । सभापतिमा आकांक्षा राख्नेमा निसीखोला गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष इन्द्रबहादुर मल्ल हुनुहुन्थ्यो । मल्लले घर्तीलाई साथ दिएपछि सभापतिमा घर्ती चयन हुनु भएको हो ।
जिल्लाका १० वटा पालिकामा मध्ये ९ वटामा चुनाव हुने देखिन्छ । सर्वसहमतिको प्रयास जारी रहे पनि अधिकांश पालिकामा चुनाव हुने संकेत देखिएको छ ।
तमानखोला गाउँपालिका
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट तमानखोला गाउँपालिकामा सर्वसम्मति रुपमा नेतृत्वमा चयन भएको छ । लिलाकुमार छन्त्यालको तमानखोला कांग्रेस गठन भएको हो । उपसभापति खिमबहादुर छन्त्याल र गार्खबहादुर घर्ती, सचिव तेजेन्द्र कुमार पुन, अनिस सिर्पाली र सहसचिव लिला छन्त्याल र प्रेमबहादुर पुन मगर चयन हुनु भएको निर्वाचन अधिकृत वसन्त घर्ती मगरले जानकारी दिनुभयो ।
छन्त्यालसहित खिम छन्त्याल र धर्म घर्ती गरि तीन जनाले सभापतिमा आकांक्षा व्यक्त गरेका थिए । दुई जनाले साथ दिएपछि सभापतिमा छन्त्याल चयन हुनु भएको हो ।
ताराखोला गाउँपालिका
ताराखोला गाउँपालिकामा सर्वसम्मति नेतृत्व चयन भएको छ । कमलापती पाठकको नेतृत्वमा कार्यसमिति गठन भएको निर्वाचन अधिकृत बमबहादुर घर्तीले जानकारी दिनुभयो ।
उप–सभापतिमा शसिकला घर्ती मगर, श्यामभक्त कंडेल, सचिवमा खेमराज गैरे र नवराज सुवेदी, सह–सचिवमा प्रेमलाल नाइसा र कमलापति सापकोटा चयन भएको घर्तीले जानकारी दिनुभयो ।
काठेखोला गाउँपालिका
जिल्लाको तमानखोला गाउँपालिमा पनि सर्वसम्मतिमा नेतृत्व चयन भएको छ । यामदत्त कँडेलको नेतृत्वमा कार्यसमिति चयन भएको निर्वाचन अधिकृत घनश्याम कँडेलले जानकारी दिनुभयो । सर्वसम्मतको लागि धेरै प्रयास गर्दा पनि सहमति नजुटेपछि कार्यदल गठन गरि कार्यदल मार्फत सहमति जुटाइएको थियो ।
समितिको उप–सभापति खडकबहादुर कार्की, गौरीशंकार शर्मा, सचिव चन्द्रकुमार पुन, देवेन्द्रबहादुर क्षेत्री, सह–सचिव महेन्द्र पुन र हरिकला थापा चयन भएका छन् । यहाँ सभापति ३ जना, उपसभापतिमा ४ जना र सचिवमा ४ जनाले उम्मेद्वारी दिएको कँडेलले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्