८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


जर्मनी निर्वाचन: सत्तारुढ दल पराजित, ओलफ स्कोल्ज चान्सलर बन्ने संभावना


0
Shares

एजेन्सी । जर्मनीमा हिजो सम्पन्न निर्वाचनमा सत्तारुढ क्रिश्चिय डेमोत्र्mयाटिक युनियन पराजित भएको छ ।

मत गणना अन्तिम चरणमा पुग्दा मध्यमार्गी सोसल डेमोक्र्याटिक पार्टी (एपीडी) सवैभन्दा ठूलो दलको रुपमा उदाएको छ ।

एसपिडीले अन्य पार्टीहरुमाथि झिनो अग्रता कायम गरेको छ । चान्सलर एङ्गेला मर्केलको पार्टी भने दोस्रो स्थानमा धकेलिएको छ ।

मत गणना अन्तिम चरणमा पुग्दा एसपिडीले २५ दशमलव ८, सिडियूले २४ दशमलव ३, ग्रिन पार्टीले १४ दशमलव ६, एफडिपीले ११ दशमलव ५, एएफडीले १० दशमलव ४, लिंकले ४ दशमलव ८ र अन्य समूहले ८ दशमलव ७ प्रतिशत सिटमा जीत हासिल गरेका छन् ।

सवैभन्दा ठूलो दलको रुपमा उदाएको सोसल डेमोक्र्याट्स्का नेता ओलफ स्कोल्ज नयाँ चान्सलर बन्ने संभावना औंल्याउन थालिएको छ ।

एसपिडीका नेता स्कोल्जले अब सरकारको नेतृत्व आफूहरुले नै गर्ने बताएका छन् । तर एसपीडीले संसदमा बहुमत जुटाउन भने अन्य दलहरुसंग गठबन्धन गर्नुपर्ने छ ।

बहुमत गुमाएर दोस्रो नम्बरमा पुगेको सत्तारुढ सीडीयुका नेता आर्मिन लान्सेटले पनि सरकार गठनको दाबी भने छाडेका छैनन् ।

सन् २००५ देखि निरन्तर जर्मनीको चान्सलर रहँदै आएकी मर्केलको बहिर्गमनसंगै उनको पार्टी पनि सत्ताबाट बाहिरने भएको छ ।