
file photo
जनकपुर । मिथिलाञ्चललगायत तराईका क्षेत्रमा मनाइने जितिया पर्व आजबाट सुरु भएको छ । महिलाहरुले नजिकको पोखरी तलावमा स्नान पर्वको सुरुवात गरेका हुन ।
महिलाहरुले ब्रत बसी विहानै स्नान गरी घिरौलाको पातमा मिठाई, दही, पिना र तेल राखेर सन्तानको जीवन रक्षाको कामना गर्दछन् ।
जितिया पर्वको दिन व्रतालु महिलाले जितवाहनको कथा श्रवण गर्दछन् । भोलि उपबास बस्ने र पर्सी जितुवान भगवानलाई केराको पातमा भिक्षा, चिउरा, दही चढाउने गरिन्छ ।
परिवारिक सुख, शान्ति र सन्तानको दिर्घायूको कामना गर्दै विवाहिता महिलाले यो पर्व मनाउने गर्दछन् ।
तराईका धनुषा, महोत्तरी, रौतहट, सर्लाही, सिरहा, सप्तरीलगायतका जिल्लामा जितिया पर्व मनाउने गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्