
अर्घाखाँची । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत अर्घाखाँचीमा नगरपालिका र गाउँपालिका स्तरीय अधिवेशन सम्पन्न भएको छ ।
जिल्लामा रहेका ६ वटा स्थानीय तहमध्ये तीन वटा नगरपालिकामा निर्वाचन प्रणालीबाट अधिवेशन भएको छ भने तीन वटा गाउँपालिकामा सर्वसम्मत रुपमा कार्यसमिति चयन भएको छ ।
जसअन्तर्गत सन्धिखर्क नगरपालिकामा बाबुराम भुसाल, शितगंगा नगरपालिका मोहन पन्थी, भुमिकास्थान नगरपालिकामा खडानन्द बेल्बासे नगरसभापतिमा विजयी हुनुभएको हो ।
यस्तै सर्वसम्मत रुपमा चयन हुने सभापतिहरुमा मालारानी गाउँपालिका सोभाखर खनाल, छत्रदेव गाउँपालिका प्रकाशराज पन्थी र पाणिनी गाउँपालिका तुल्सी पौडेल सभापतिमा सर्वसम्मत चयन हुनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्