
काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक जारी छ । च्यासलस्थित तुलसीलाल स्मृति भवनमा जारी बैठकमा दश बुँदे कार्यान्वयन र विधान महाधिवेशनको तयारीबारे छलफल भइरहेको नेताहरुले बताएका छन् ।
भदौ ८ गतेको स्थायी कमिटी र १० गतेको केन्द्रीय कमिटी बैठकले दश बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय गरेको थियो । तर दश बुँदे सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टि देखिएको छ ।
सूदुरपश्चिम, बागमती र प्रदेश २ मा विवाद देखिएको छ । २०७५ जेठ २ अगाडि सुदूरपश्चिममा भीम रावल र बागमतीमा अष्टलक्ष्मी शाक्य इन्चार्ज थिए । तर अहिले सूदुरपश्चिममा लेखराज भट्ट र बागमतीमा रामबहादुर थापा बादल इन्चार्जका रुपमा सक्रिय छन् ।
प्रदेश २ का जिल्लाहरुमा पनि १० बुँदे अनुसार, पार्टी संरचना बन्न नसकेको नेताहरुले बताएका छन् । केन्द्रीय सदस्य मनोनित गर्नेबारे पनि बैठकमा छलफल हुँदैछ ।
माधव नेपाल छोडेर एमालेमै बसेका नेताहरुका तर्फबाट केन्द्रीय कमिटीको १० प्रतिशत केन्द्रीय सदस्य मनोनित गर्ने सहमति भएको छ ।
यसबाहेक आगामी हप्तका लागि तय गरिएको विधान महाधिवेशनको तयारीबारे पनि बैठकमा छलफल हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्