२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


राष्ट्रियसभाबाट आर्थिक र राष्ट्र ऋण उठाउने विधेयक पारित


0
Shares

काठमाडौं । राष्ट्रियसभाले बजेटसँग सम्बन्धित दुई वटा विधेयक पारित गरेको छ । आज बसेको राष्ट्रियसभाको बैठकले प्रमख प्रतिपक्ष दल नेकपा एमाले सांसदशरुले विरोध गरेपनि आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ बहुमतले पारित गरेको हो ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले एमालेको बिरोधका बीच आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ माथि दफाबार छलफल अगाडि बढाउँदा कुनै पनि सांसदले छलफलमा भाग नलिएपछि विधेयक बहुमतले पारित भएको घोषणा गर्नु भयो ।

प्रतिनिधिसभाबाट पारित भएपछि राष्ट्रियसभामा पठाइएका यी दुई विधेयकलाई राष्ट्रियसभाले पुनः पारित गरी प्रतिनिधिसभामै पठाएको हो ।