१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रतिनिधिसभामा प्रतिस्थापन विधेयक प्रमाणीकरणको जानकारी


0
Shares

काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रतिस्थापन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएको जानकारी गराइएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधकाबीच जारी बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट विधेयक प्रमाणीकरण सम्बन्धी प्राप्त प्रत्रको व्यहोरा पढेर सुनाइएको छ ।

यस्तै अवरोधकै बीच प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत भएर आएको बारेमा जानकारी गराउनुभयो । अब दुवै विधेयकलाई राष्ट्रपतिकोमा प्रमाणीकरणका लागि पठाइनेछ ।

प्रतिनिधिसभाको अर्को बैठक असोज १४ गते दिउँसो १ बजे बस्नेछ ।