१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


‘आइएमई पे’को दशैँ अफर, हवाई टिकट खरीदमा ५० प्रतिशत क्यासव्याक


0
Shares

काठमाडौं । विद्युतिय भुक्तानी सेवा प्रदायक ‘आइएमई पे’ले ‘दशैँको झट्का’ स्कीम सार्वजनिक गरेको छ ।

असोज ११ देखि १४ गतेसम्म, हरेक दिन दिउँसो १ बजे, १ घण्टाका लागि लागू हुने स्कीममा आइएमई पे वालेटबाट हवाई टिकट खरिद गर्दा ५० प्रतिशतसम्म क्यासब्याकको व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ । क्यासव्याकको सीमा २ हजार रुपैयाँसम्मको रहनेछ ।

यो अफर पहिलो १ सय खरिदकर्ताहरूका लागि मात्र प्रत्येक दिन फ्ल्यास बिक्रीको समयमा उपलब्ध गराइने कम्पनीका कार्यकारी अधिकृत विकास नाहाटाले जानकारी दिनुभयो । उहाँले स्कीममा नियम तथा शर्तहरू लागू हुने बताउनुभयो ।

आइएमई पे प्रयोगकर्ताले हवाइ टिकट खरीद गरेको २४ घण्टा भित्र क्यासब्याक प्राप्त गर्नेछन् भने आइएमई पेमा रजिष्ट्रर मोबाइल नम्बर मात्र सहभागिताका लागि योग्य हुने पनि कम्पनीले जनाएको छ ।

‘आइएमई पे’ आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त विद्युतीय भुक्तानी सेवा प्रदायक ब्राण्ड हो । झन्डै ३५ हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो ।