
एजेन्सी । दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न नेपालको राष्ट्रिय फुटबल टोली हिजो माल्दिभ्स पुगेको छ ।
माल्दिभ्सको मालेमा यही असोज १५ देखि ३० गतेसम्म साफ च्याम्पियनसिप आयोजना हुँदैछ । प्रतियोगिताको लागि झण्डै दुई साता कतारमा अन्तिम प्रशिक्षण गरेको नेपाली टोली हिजो त्यतैबाट माल्दिभ्स पुगेको हो ।
नेपालले प्रतियोगिताको उद्घाटन खेलमा यही असोज १५ गते आयोजक माल्दिभ्सको सामना गर्नेछ । ५ टोली सहभागि यस पटकको साफ च्याम्पियनसिपको समुह चरणमा सबै टोलीले एक अर्कासँग खेल्नेछन् । समुहका शिर्ष दुई टोली उपाधिका लागि भिड्नेछन् ।
यसपटक नेपाल र माल्दिभ्ससहित उपाधि दावेदार भारत, बंगलादेश र श्रीलंकाले साफमा सहभागिता जनाएका छन् । नेपाल पहिलो पटक साफ च्याम्पियनसिप जित्ने लक्ष्यसहित माल्दिभ्स पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्