
तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकाका आरन व्यवसायी दसैं खर्च जुटाउन दिनभर आरनमा काम गर्न थालेका छन् । परम्परागत रुपमै आरन व्यवसाय गर्दै आएका उहाँहरु कृषि औजारका सामग्री बनाउन व्यस्त हुनुहुन्छ ।
अन्य समय भन्दा चाडपर्वको समयमा कृषि औजार बिक्री हुने भएकाले उहाँहरुले दिनभर आरनको काम गर्नु भएकाे हाे । यहाँका आरन व्यवसायीले कृषि सामग्री बिक्री गरेर मासिक २५ देखि ३५ हजार रुपैयाँसम्म आम्दानी लिँदै आएका छन् । यहाँ उत्पादन गरिएका सामग्री स्थानीय बजारका साथै छिमेकी जिल्लाहरुमा पनि बिक्री हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्