
काठमाडौं । प्रमुख प्रतिक्षी नेकपा एमालेले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर फिर्ता लिने सरकारको कदम गलत भएको टिप्प्णी गरेको छ ।
एमाले प्रमुख सचेतक विशाल भट्टराईले उक्त कदमलाई अनैतिकताको पराकाष्टाको संज्ञा दिनुभएको छ । सरकारले बाध्यात्मक अवस्थामा अध्यादेश ल्याउन सक्ने संवैधानिक व्यवस्थाकै दुरुपयोग गरेको उहाँको आरोप छ ।
सरकारले गरेका असंवैधानिक काममा अदालत र न्यायाधीश पनि गोटी बनेको उहाँले आरोप लगाउनुभयो । संवैधानिक इजलासमा बसेर सरकारी मेडेल थाप्ने न्यायाधीविरुद्ध एमालेले कुनै पनि बेला महाअभियोग लाउन सक्ने उहाँले चेतावनी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्