
काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको सैनामैना स्थित बुद्धनगरमा ट्रकले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सैनामैना नगरपालिका वडा नम्बर ५ बुद्धनगरका ३८ वर्षीया राधा भट्टराई र उहाँका १८ वर्षीय छोरा महेश भट्टराई रहनु भएकाे छ । पश्चिमबाट बुटवलतर्फ आउँदै गरेको ना ८ ख ४४११ नम्बरको ट्रकले सडकमा बस पर्खिएर बसेका आमा छोरालाई ठक्कर दिएको थियो ।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । महेश कलेज जान हिडेका थिए भने राधा उहाँलाई बाटोसम्म पु¥याउन आउनु भएकाे थियाे ।
ठक्कर दिने ट्रक र राप्ती नगरपालिका चितवनका चालक धनराज गिरीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरिएको प्रहरीले जनाएको छ । यता, भक्तपुरको सूर्यविनायक नगरपालिका–५, सल्लाघारी चोकमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भक्तपुरको बालकोट बस्ने ४५ वर्षीय गणेश रजौराको रहेका छन् । उनको उपचारको क्रममा भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनलाई गएराति भारतीय नम्बर प्लेटको ट्रकले ठक्कर दिएको थियो । दुवै सवारीसाधन र ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेको महानगरीय प्रहरी वृत्त जगातीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्