
काठमाडौं । नेकपा (एमाले) ले विधान महाविधेशनको व्यवस्थापन पूरा भएको जनाएको छ । आगामी शुक्रबारदेखि तीन दिनसम्म ललितपुरको गोदावरीमा हुने विधान महाविधेशनको व्यवस्थापनको तयारी पूरा गरिएको हो ।
मञ्च व्यवस्थापन समितिका संयोजक विनोद श्रेष्ठ र केन्द्रीय सदस्य तथा महाधिवेशन प्रचारप्रसार समिति संयोजक खिमलाल भट्टराईले महाधिवेशनस्थल पुगेर तयारीबारे जानकारी लिनुभएको छ ।
महाधिवेशन सभास्थलको तयारी पूरा गरिएको मञ्च व्यवस्थापन समितिका संयोजक श्रेष्ठले जानकारी दिनुभयो । उहाँले महाधिवेशनमा सहभागी हुने करिब पाँच हजार जनालाई सभाहलमा अट्ने गरी व्यवस्थापन गरिएको बताउनुभयो ।
सभामा दुई हजार ८४० कुर्सी भए पनि दायाँबायाँका खाली कोठामा थप एक हजारका दरले कुर्सी राखेर सबै प्रतिनिधिलाई सभाहलमा बस्ने व्यवस्था मिलाउने उहाँले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्