
ललितपुर । ललितपुरको ओकुबहालमा तीन दिने कला प्रदर्शनी सुरु भएको छ । ललितपुर महानगरपालिका हस्तकला प्रवद्र्धन समिति र ललितपुर महानगरपालिका ६ वडा कार्यालय पर्यटन प्रवद्र्धन समितिले संयुक्त रुपमा प्रदर्शनको आयोजना गरेको हो ।
ओकुबहाल यतालिबिमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले प्रदर्शनको शुभारम्भ गर्नुभयो । विश्व पर्यटन दिवस २०२१ या अवसरमा आयोजना गरिएको प्रदर्शनीमा लतिलपुरका ६० वर्ष उमेर कटेका र दिवंगत मुर्धन्य कलाकारहरुको हस्तकलाका सामग्री राखिएको छ ।
पुरानो पुस्ताको कला, सीप र प्रतिभा नयाँ पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको आयोजकले जनाएको छ । प्रदर्शनीमा स्वर्गीय कलाकार राजकुमार शाक्यको ७२ फिट अग्लो भैरवको टाउकोका भागहरु, कलाकार सन्तकुमार महर्जनले बनाएको हजार हात भएका सहस्रभुजा लोकेश्वर, स्वर्गीय क्रोधकला शिरोमणि प्राज्ञ कालु कुमालेको मेकसम्बरलगायत करीब ३० जना कलाकारका श्रृजनाहरु राखिएका छन् ।
प्रतिक्रिया दिनुहोस्