
काठमाडौं । आज देशका केही स्थानमा आंशिकदेखि सामान्य बदली भएर केही स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेपनि बाँकी भागको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौं उपत्यकामा सामान्यतया मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम १८ दशमलव ५ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २८ देखि ३० डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ ।
आज बिहान सूर्योदय ५ बजेर ५५ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ५४ मिनेटमा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्