२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


ईपीएल क्रिक्रेटमा काठमाडौं र पोखरा केहीबेरमा भिड्दै


0
Shares

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वेन्टी क्रिकेटमा आज एउटा मात्रै खेल हुँदैछ । टियु क्रिकेट मैदानमा दिउसो सवा १२ बजे सुरु हुने खेलमा काठमाडौं किङ्स–११ र पोखरा राइनोज भिड्ने छन् ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं जारी प्रतियोगितामा दोस्रो जित निकाल्ने योजनामा रहेको छ । काठमाडौंले पहिलो खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्सलाई हराएको थियो । हिजो तय भएको काठमाडौं र विराटनगर वारिवर्सबीचको खेल भने स्थगित भएको थियो ।

वर्षाले मैदान भिजेको कारण खेल टस समेत नभई स्थगित गरिएको हो । विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा जारी संस्करणको इपिएलमा पहिलो जितको खोजीमा रहेको छ ।

भारी वर्षाको कारण खेल रद्द भएपछि पहिलो खेलमा पोखराले भैरहवा ग्लाडीयटर्ससँग अंक बाडेको थियो ।