७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाऔं: जनार्दन शर्मा


0
Shares

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले निर्वाचन प्रणाली नै त्रुटीपूर्ण रहेको भन्दै पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने बताउनु भएको छ ।

कोटेश्वरको पेरिसडाँडास्थित माओवादी पार्टी कार्यालयमा आज आयोजित माओवादी निकट दलित मुक्ति मोर्चाको वैठकलाई सम्बोधन गर्दै उहाँले पूर्ण समानुपातिक निर्वाचन प्रणालीबाट मात्र सीमान्तकृत समुदाय नीति निर्माणको तहमा पुग्नसक्ने दाबी गर्नुभयो ।

माओवादी केन्द्रको स्थायी समिति सदस्य समेत रहेका शर्माले पार्टी र जनवर्गिय संगठनका हरेक इकाईलाई उत्पादन इकाईको रुपमा बदल्नुपर्ने पनि बताउनुभयो ।