
काठमाडौं । मन्त्रिपरिषद् विस्तार आज (मंगलबार) पनि नहुने भएको छ ।
राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिइएकाले प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नुभएकोमा सत्ता गठबन्धनका दलहरूले मन्त्री बन्नेहरूको नाम दिन नसक्ने भएपछि मन्त्रिपरिषद् विस्तार पर सरेको हो ।
नेकपा माओवादी केन्द्र aर जनता समाजवादी पार्टीले मन्त्री बन्नेहरूको नामावली बुझाउन नसक्ने बताएको प्रधानमन्त्री निकट स्रोतले बताएको छ । सत्तारुढ गठबन्धनमा मन्त्रीहरुको संख्यामा सहमति भइसकेको छ ।
जस अनुसार कांग्रेसले प्रधानमन्त्रीसहित ७ मन्त्री र एक राज्यमन्त्री, माओवादी केन्द्रले ७ मन्त्री, नेकपा एसले ६ मन्त्री र जसपाले ६ मन्त्री पाउने छन् । तर मन्त्रालयको भागबण्डामा भने अहिले पनि विवाद रहेको बुझिएको छ ।
प्रधानमन्त्री बनेको साढे दुई महिना बितिसक्दा पनि सरकार पाँच जना मन्त्रीको भरमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्