
काभ्रे । विश्व रेविज दिवस मनाइरहँदा जिल्लाको भुम्लु गाउँपालिका–२ का विद्यार्थीहरू कुकुरको त्रास विद्यालय जानै छाडेका छन् । गाउँकै ६ जनालाई कुकुरले टोकेपछि विद्यार्थीसँगै स्थानीयमा पनि कुकुर आतंक बढेको छ ।
स्थानीय अरुणोदय माध्यामिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत दिव्यम क्षेत्री र शिसु कक्षामा अध्ययनरत कृतिका थापालाई कुकुरले टोकेसँगै विद्यालय आउने विद्यार्थीको संख्यामा कमि आएको प्रधानान्यापक निर्मलाकुमारी खड्काले जानकारी दिनुभयो ।
विद्यालय जाने बाटोमा कुकुरको बिगबिगी बढेपछि छोराछोरी पुर्याउन र लिन अभिभावक आफैं विद्यालय जाने गरेका छन् । कतिपय विद्यार्थी भने कुकुरले टोक्ने डरले विद्यालय जानै मान्दैनन् ।
दैनिक ५ जना भन्दा बढी तल्लो कक्षाका विद्यार्थी कुकुरको डरकै कारण विद्यालय अनुपस्थित हुने गरेको प्रधानाध्यापक खड्काले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्