
काठमाडौं । विभागीय टोली एपिएफ र न्यू डायमन्ड स्पोर्ट्स क्लबले राजधानीमा जारी छैठौं संस्करणको एनभीए क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको खेलमा जित निकालेका छन् ।
त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफले ढोरपाटन स्पोर्ट्स क्लबमाथि ३–० को सोझो सेटमा जित निकाल्दा न्यू डायमन्डले एभरेष्ट भलिबल ट्रेनिङ क्लबलाई पनि ३–० को सोझो सेटमा पराजित गरेको हो ।
न्यू डायमन्डसामु निकै निरीह बनेको एभरेष्टले पहिलो सेट २५–६, दोस्रो सेट २५–५ र तेस्रो सेट २५–१३ ले गुमाएको थियो ।
प्रतियोगिता अन्तर्गत मंगलबारकै अर्को खेलमा विभागीय टोली एपिएफले ढोरपाटन स्पोर्ट्स क्लबमाथि पनि सहज जित निकालेको हो । राष्ट्रिय टिमका खेलाडीले भरिएको एपीएफले ढोरपाटनमाथि २५–११,२५–७ र २५–६ को जित निकालेको हो ।
प्रतियोगितामा बुधबार महिलातर्फ ढोरपाटन स्पोर्ट्स क्लब र नेपाल पुलिस तथा दोस्रो खेल एभरेष्ट भलिबल ट्रेनिङ क्लब र त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ ।
प्रतिक्रिया दिनुहोस्