२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


कांग्रेसकाे कैलाली, धनुषा र सर्लाहीको क्रियाशील सदस्यता विवाद मिल्यो


0
Shares

काठमाडौं । नेपाली काँग्रेसले थप तीन जिल्लाका क्रियाशील सदस्यहरुको विवरण सार्वजनिक गरेको छ । कैलाली, धनुषा र सर्लाहीको क्रियाशील सदस्यता विवाद समाधान गरी नामावली सार्वजनिक गरिएको हो ।

सुदूरपश्चिमका ८ जिल्लामा पालिका अधिवेशन भइसक्दा पनि कैलालीमा वडा अधिवेशन समेत हुन नसकेकोमा अब त्यहाँ पनि अधिवेशन गर्ने ढोका खुलेको छ ।

यस्तै धनुषा र सर्लाहीको पनि विवाद टुंगिएर सदस्यहरुको नामावली सार्वजनिक गरिएको छ । अब पर्सा, बारा, रौतहट, सप्तरी र रसुवाको क्रियाशील सदस्यको सूची सार्वजनिक हुन बाँकी छ ।