
file photo
जनकपुर । मिथिलाञ्चललगायत तराई क्षेत्रमा मनाइने जितिया पर्व आजबाट समापन हुँदै छ । तीन दिन चल्ने पर्वका क्रममा आज साँझ महिला बर्तालुले ओंगठन अर्थात दही चिउरा सक्खर सहितको प्रसाद खाएर वर्त समापन गर्ने छन् ।
वर्त समापनपछि महिलाहरुले पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने गर्दछन् । पारिवारिक सुख, शान्ति र सन्तानको दिर्घायूको कामना गर्दै विवाहिता महिलाले यो पर्व मनाउने गर्दछन् । तराईका धनुषा, महोत्तरी, रौतहट, सर्लाही, सिरहा, सप्तरीलगायतका जिल्लामा जितिया पर्व मनाउने गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्