२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025

वीरगञ्ज भन्सार कार्यालयबाट लक्ष्यभन्दा १८ प्रतिशत बढी राजश्व संकलन


0
Shares

काठमाडौं । वीरगञ्ज भन्सार कार्यालयबाट चालु आर्थिक वर्षमा ४० अर्ब ६५ करोड राजस्व सङ्कलन भएको छ । यो वर्ष एक खर्ब ९८ करोड १८ करोड राजस्व संकलनको लक्ष्य राखिएकोमा २० दशमलव ५ प्रतिशत पूरा भएको हो ।

संकलित राजस्व लक्ष्य भन्दा १८ प्रतिशत बढी भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । वीरगञ्ज नाकाबाट डिजेल, पेट्रोल, सवारी साधन, एलपी ग्यास, खाद्यान्नलगायतका सामग्री नेपाल भित्रिने गर्दछन् । सो नाकाबाट दैनिक ८ सय ट्रक सामान आयात हुने गरेको छ भने करिब १ सय ट्रक सामान निर्यात हुने गरेको छ ।