
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले तराई क्षेत्रमा परिवारको कल्याण, आरोग्य, सुख-समृद्धि र सन्तानको दीर्घायुको कामना गर्दै मनाईने जितिया पर्वको शुभकामना दिनु भएको छ ।
प्रधानमन्त्री देउवाले जितिया पर्वको शुभकामना दिदै नेपालको एक विशिष्ट पहिचान जनाउने पर्वको रुपमा स्थापित रहेको बताउनु भएको हो । त्यस्तै प्रत्रानमन्त्री देउवाले संस्कृति र संस्कारमा नेपालको विशिष्ट पहिचानका विशेषता रहेको बताउनुभयो ।
प्रत्रानमन्त्री देउवाले जितिया पर्व सद्भाव र एकतालाई प्रवद्र्धन गर्ने पर्वमध्येको एक भएको बताउनुभयो । विविध संस्कार, संस्कृति रीतिरिवाज एवं मूल्यमान्यताले जितियालगायत पर्वको विशिष्ट महत्वलाई आत्मसात् गर्दै नेपाल सरकार यस्ता पर्वको संरक्षण र सम्वर्द्धनमा प्रतिबद्ध रहेको उनको भनाइ छ । जितिया पर्व मनाउने सबैलाई एकताबद्ध भई हर्षोल्लास पूर्वक मनाउन प्रधानमन्त्री देउवाको आग्रह छ ।
प्रतिक्रिया दिनुहोस्