१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सञ्चार विधेयक सच्याएर देशको उत्कृष्ट बनाएर ल्याउँछौं– मन्त्री थापा


0
Shares

बागलुङ । गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दुकुमार थापाले गण्डकी प्रदेश सरकारले ल्याएको आम सञ्चार विधेयक २०७७ सच्याउने बताउनुभएको छ ।

राष्ट्रिय मानवअधिकार आयोगले बुधबार पोखरामा गरेको कार्यक्रममा मन्त्री थापाले प्रदेश सभामा विचाराधीन अवस्थामा रहेको आमसञ्चार विधेयकलाई देशकै उत्कृष्ट बनाएर ल्याउने तयारी भएको बताउनुभयो ।

विधेयकलाई सञ्चारकर्मी, विभिन्न क्षेत्रका विज्ञ र मानव अधिकारकर्मीसँग छलफल गरेर मात्रै पास गर्ने बताउनुभयो ।