२ चैत्र २०८१, शनिबार | Sun Mar 16 2025


दोहामा अमेरिकाले गरेको सम्झौता नै अफगान सरकार ‘कोल्याप्स’ हुनुको मुख्य कारण रहेकाे अमेरिकाकाे दावी


0
Shares

एजेन्सी । अमेरिकी सैनिक जनरल फ्रयांक म्याकेन्जीले सन् २०२० को फेब्रअरीमा कतारको दोहामा अमेरिकाले गरेको सम्झौता नै अफगान सरकार ‘कोल्याप्स’ हुनुको मुख्य कारण भएका दावी गर्नुभएको छ ।

अमेरिकाको माथिल्लो सदन सिनेटको सशस्त्र सेवा समितिमा भइरहेको सुनुवाइको क्रममा जनरल म्यांकेन्जीले अफगान सरकार र सैनिकमा सो सम्झौताको हानिकारक प्रभाव परेको समेत बताउनुभएको छ ।

यता रक्षामन्त्री लोयड अस्टिनले पनि जनरल म्याकेन्जीको भनाइमा सहमति जनाउदैे सम्झौताले तालिबानलाई थप बलियो हुन सहयोग गरेको बताउनु भएको छ ।

दोहामा भएको सम्झौतामा अमेरिकी सैनिक फिर्ताको समय सीमासँगै तालिबानले अल कायदासहितका आतंककारी समूहलाई आश्रय नदिनेलगायत सहमति भएको थियो ।

अमेरिकी सैनिक फिर्ताको क्रम जारी रहँदा नै तीव्र गतिमा आफ्नो पडक बिस्तार गरेको तालिबानले अगस्ट १५ मा काबुल कब्जा गरेको थिया े। अहिले अफगानिस्तानमा तालिबानको सरकार छ ।