१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काठमाडौं उपत्यकालगायत देशका केही स्थानमा मेघ गर्जनसहित पानी पर्ने


0
Shares

काठमाडौं । आज दिउँसो देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली भएर केही स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकामा पनि आज दिउँसो सामान्य बदली भई मेघगर्जन हुने महाशाखाले जनाएको छ ।

काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम १७ दशमलव ८ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २७ देखि २९ डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ ।

आज बिहान सूर्योदय ५ बजेर ५६ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ५२ मिनेटमा हुनेछ ।