२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


दक्षिण कोरियासंग हटलाईन सम्पर्क पुनस्थापना गर्ने उत्तर कोरियाली नेता किमको इच्छा


0
Shares

काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ ऊनले छिमेकी दक्षिण कोरियासंग हटलाइन संचार सम्पर्क पुनस्थापना गर्न चाहेको बताएका छन् ।

दुई दिन अघि सुपरसोनिक मिसाइल प्रक्षेपण गरेको उत्तरका नेता किमले संसदको वार्षिक सदनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन ।

अमेरिकाले धोकापूर्ण नीति कायम राख्दै कूटनीतिक सम्बन्धका लागि प्रस्ताव गरेको भन्दै ऊनले अन्तर्राष्ट्रिय जगतलाई झुक्याउनका लागि मात्रै अमेरिकाले त्यसो गर्ने गरेको आरोप पनि लगाएका छन् ।

तर दक्षिणसंग विच्छेद गरिएको हटलाईन सम्पर्क भने अक्टोबरको शुरुवातदेखि नै पुनस्थापना गर्न चाहेको बताएको त्यहाँको सरकारी समाचार एजेन्सी केसीएनएले जनाएको छ ।

नेता किमकी बैनीले गत साता दक्षिणसंग पुनः वार्ता गर्न चाहेको बताएको शिलशिलाकै निरन्तरताको रुपमा यसलाई हेरिएको छ ।

गत वर्ष दुई देशबीचको शिखर वार्ता असफल भएपछि यी दुई देशबीच दोहोरो सम्पर्क समेत विच्छेदको अवस्थामा छ ।