
म्याग्दी । प्राकृतिक चिकित्सालयको नामले चिर्चित म्याग्दीको तातोपानी कुण्डमा डुब्न जानेको भीड लागेको छ ।
कोरोना कहर कम भएसंगै खुलेको कुण्डमा उपचारका लागि जानेहरुको भिड दैनिक बढिरहेको छ ।
कोरोनाको नेगेटिभ रिपोर्ट देखाएर मात्रै प्रवेश अनुमति दिइने गरेको जिल्ला प्रसासन कार्यालय म्याग्दीले जनाएको छ ।
हाल दैनिक डेडसय देखि दुई सय जनासम्म उपचारका लागि कुण्डमा जाने गरेका छन् । विरामीहरुलाई आलोपालो गरेर डुब्ने व्यवस्था मिलाइएको तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीले जानकारी दिनुभएको छ ।
विशेषगरी म्याग्दी र छिमेकी जिल्लाका विरामीहरु उपचारका लागि यहाँ आएका छन् । उत्तरबाट पूर्वतर्फ बगेको म्याग्दी नदीको किनारमा रहेको कुण्डमा प्राकृतिक रुपमा ५० डिग्री सेल्सीयसको तातो पानी निस्कने गर्दछ ।
विरेनुनको गन्धमिश्रित तातोपानीमा अनौठो किसिमको नुनिलोपना पनि पाइन्छ । यो कुण्डमा डुब्दा नशा, बाथ र छालाजन्य रोग निको हुने विश्वास रहेको छ ।
प्रतिक्रिया दिनुहोस्