
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले डाक्नुभएको सर्वदलीय बैठक सुरु भएको छ । बालुवाटारमा जारी बैठकमा प्रमुख विपक्षी दल नेकपा एमालेका कोही पनि सहभागी भएक छैनन् । एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक बहिष्कार गरेको जनाएको छ ।
साढे १० पछि सुरु भएको सर्वदलीय बैठकमा सत्ता गठबन्धनमा रहेका पाँच दल र साना विपक्षी दलहरु सहभागी छन् । सत्ता बाहिर रहेका मध्ये लोकतान्त्रिक समाजवादी पार्टीबाट महन्थ ठाकुर र राजेन्द्र महतो तथा नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल वैठकमा सहभागी हुनुहुन्छ ।
संसदको गतिरोध हटाउने विषयमा छलफल गर्न डाकिएको वैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राप्रपाले भने बहिष्कार गरेका छन् ।
संसदको गतिरोध अन्त्यको उपाय खोज्न डाकिएको बैठकमा सहभागी नहुने जानकारी एमाले कार्यालय सचिव शेरबहादुर तामाङले दिनुभएको छ ।
एमालेले राखेका माग सम्वोधन नभएकोले आजको बैठकमा एमाले सहभागि नहुने उहाँले बताउनुभयो । सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर आफ्नो पार्टी फुटाएको, संसद छलेर अध्यादेश फिर्ता लिएकोलगायतका विषयमा एमालेको असहमति रहेको छ ।
प्रतिक्रिया दिनुहोस्